माओवादी केन्द्र रुकुम पश्चिमका चार पालिकाको सम्मेलन सुरु

माओवादी केन्द्र रुकुम पश्चिमका चार पालिकाको सम्मेलन सुरु

मुसिकोट । आज नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका चार ओटा पालिकाहरुको सम्मेलन उद्घाटन भएको छ ।

जिल्लाकाे त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको दोश्रो पालिका सम्मेलन नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख एवम् नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको छ ।

मुसिकोट नगरपालिकाको दोश्रो सम्मेलन भने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज बसन्त शर्माले उद्घाटन गर्नुभएको छ । नगर सम्मेलन वडा नम्बर ५ को शेरिगाउँमा रहेको शहीद प्रतिष्ठानको सभाहलमा चलिरहेको छ ।

यसैगरी त्रिवेणी गाउँपालिकामा आयोजित सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहूदै अर्थमन्त्री शर्माले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, साँस्कृतिक रुपान्तरणको अभियानमा लाग्न नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उहाँले योजना बनाउन र काम गर्न सक्ने नयाँ पुस्ता अवको पार्टी नेतृत्वमा चाहिएको भन्दै सोहि अनुसार काम गर्न सक्ने मान्छेलाई नेता चुन्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले माओवादी केन्द्रको एजेण्डाको कारण मुलुकका सबै खाले परिवर्तन भएकोले ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्न जनताकै बिचमा आउनुपर्ने अवस्था समेत आएको बताउनुभयो ।

माओवादी केन्द्र रुकुमका अनुसार भोलि जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको पालिका सम्मेलन हुदैछ । दुबै पालिकाको सम्मेलनको उद्घाटन अर्थमन्त्री शर्माले गर्ने तय गरिएको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार