काँग्रेस रुकुमको कोषाध्यक्षमा पुनः मोहबिर खड्का

काँग्रेस रुकुमको कोषाध्यक्षमा पुनः मोहबिर खड्का

कोषाध्यक्ष मोहबिर खड्का

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले मोहबिर खड्कालाई कोषाध्यक्ष पदमा मनोनित गरेको छ । सातौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकले खड्कालाई दोश्रो कार्यकालका लागि कोषाध्यक्षमा मनोनित गरेको हो ।

शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकले उहाँलाई पार्टीको कोषाध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको नवनिर्वाचित पार्टी सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । खड्का २०७२ साल फाुगनमा भएको छैटौ जिल्ला अधिवेशनबाट पनि कोषाध्यक्ष पदमा मनोनित हुनुभएको थियो ।

कुशल व्यवसायी तथा समाजसेवी समेत रहनुभएका खड्काले २०५२ सालमा नेपाली काँग्रेसको साधारण सदस्यता पाउनुभएको थियो । २०५६ सालमा क्रियाशिल सदस्यता प्राप्त गर्नुभएका खड्का पार्टीमा सक्रियतापूर्वक जिम्मेवारी निभाउँदै आउनुभएको छ ।

सामाजिक क्षेत्रमा समेत आवद्ध उहाँको कार्यकालमा पार्टीको भवन निर्माण, संगठन मजबुत, आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत गराउन सफल हुनुभएको छ । मिलनशार स्वभावका खड्का सबै कार्यकर्ता माझमा भिज्न सक्ने र सरल शैलीका हुनुहुन्छ ।

उहाँले पार्टी कार्यकर्ता तथा अन्य सर्वसाधारणलाई अप्ठेरोमा आर्थिक तथा भौतिक रुपले साथ दिदै आउनुभएको छ ।

पार्टी सभापति प्रेम प्रकाश ओलीको अध्यक्षतामा बसेको बैठकमा पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, पूर्व सभापति मानबहादुर नेपाली, काँग्रेस नेता कृष्णबहादुर रोकायको बिशेष आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार