१९ वर्षकी करिना कांग्रेस महाधिवेशन प्रतिनिधि

१९ वर्षकी करिना कांग्रेस महाधिवेशन प्रतिनिधि

सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ । उहाँ सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार दिनुभएको थियो ।

उहाँले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जित्नुभएको हो, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो।

यसैगरि पुरीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बधाई दिनुभएको छ । पुरी प्रचार नेटवर्ककी सदस्य समेत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार