रुकुम पूर्वका तीन पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

रुकुम पूर्वका तीन पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

मुसिकोट । नेकपा माओवादी केन्द्र रुकुम पूर्वको भूमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको सिस्ने गाउँपालिकामा भिक्टर खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कमिटि चयन भएको छ ।

जसको उपाध्यक्षमा गोबर्धन बुढामगर, भद्री थापा, शान्ते बहादुर बिक रहनुभएको छ । सचिवमा कर्णबहादुर खड्का, सह-सचिवमा रेवन खड्का र कोषाध्यक्षमा कलबहादुर खड्का रहनुभएको छ ।

यस्तै भूमे गाउँपालिकाको नयाँ नेतृत्व पनि सहमतिमा चयन गरिएको छ । पालिकाको दोस्रो सम्मेलनले रुपधन कामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा सबिना बुढा, नमिता पुन र लिलाप्रसाद सुनार चयन हुनुभएको छ । सचिब नारायण पुन र सह सचिबमा ओमकुमारी राना चयन हुँदा कोषाध्यक्षमा टेकप्रशाद बुढा चयन भएको नेकपा माओवादी केन्द्र भूमे गाउँपालिकाले जनाएको छ ।

यस्तै पुथाउत्तरगङगा गाउँपालिकाको दोस्रो सम्मेलन पनि सम्पन्न भएको छ । सम्मेलनबाट हर्क कामीको अध्यक्षतामा सर्वसम्मत ५५ सदस्यीय गाउँ समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा जनक छन्त्याल, दिलकुमारी बुढा र गंगाबहादुर पुन रहनुभएको छ । सचिवमा भीम मल्ल, सह सचिवमा टिकासाइ धर्ती र कोषाध्यक्षमा मनिप्रसाद पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार