रुकुम पूर्वमा बिरामीको निशुल्क उपचार गर्दै डा. गोविन्द केसी

रुकुम पूर्वमा बिरामीको निशुल्क उपचार गर्दै डा. गोविन्द केसी

जिल्ला अस्पताल रुकुम पूर्वमा पुगेर बिरामीको उपचार गर्दै डाक्टर गोबिन्द केसी ।

रुकुमकोट । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोबिन्द केसी रुकुम पूर्वमा पुगेर सर्वसाधारणको उपचार गरिरहनु भएको छ । गत बुधबार देखि जिल्ला अस्पताल रुकुम पूर्वमा पुगेर उहाँले बिरामीको निशुल्क उपचार सुरु गर्नुभएको हो ।

डाक्टर केसीले शनिबार बेलुका सम्म ३ सय ५० जनाको निशुल्क उपचार गर्नुभएको अस्पतालले जनाएको छ । बाग्लुङका बिकट ठाउँका सर्वसाधारणको उपचार गरेर डाक्टर केसी गत बुधबार रुकुम पूर्व पुग्नु भएको थियो ।

निशुल्क उपचार शिविरको क्रममा उहाँले हाडजोर्नी सम्बन्धि समस्यामा परेका २ सय महिला र १ सय ५० पुरुष गरी ३ सय ५० जना बिरामीको उपचार गर्नु भएको रुकुम पूर्व अस्पतालका डाक्टर पूर्ण पुनले जानकारी दिनुभयो ।

आउँदो बुधबारसम्म रुकुम पूर्वमै बसेर बिरामीको उपचार गर्ने डाक्टर केसीको भनाई छ । डाक्टर केसीले रुकुम पूर्वमै पुगेर बिरामीको उपचार गर्दा बिरामीहरू भने उत्साहित भएका छन् । डाक्टर केसी हाड जोर्नी विशेषज्ञ हुनुहुन्छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार