बिद्यालयहरुमा निर्वाचन शिक्षा कार्यक्रम

बिद्यालयहरुमा निर्वाचन शिक्षा कार्यक्रम

मुसिकोट । रुकुम पश्चिममा बिद्यालयहरुमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जिल्लाका बिभिन्न बिद्यालयहरुमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । संविधान, लोकतन्त्र र निर्वाचनको बारेमा जानकारी दिने उद्धेश्यले बिद्यालय स्तरिय निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका प्रमुख कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी मल्लले बिशेष गरेर नेपालमा बालिग मताधिकार, मतदाता नामावली, नेपालमा निर्वाचन प्रक्रियाको जानकारी बारेमा बिद्यालयस्तरमा शिक्षा दिन उक्त कार्यक्रम सञ्चालन गरिएको बताउँनुभयो ।

बिद्यार्थीहरुलाई नेपालको निर्वाचन प्रक्रिया बारेमा जानकारी दिँदा परिवार र समुदायमा सहजै जानकारी प्रवाह हुने भएकोले बिद्यालयमा स्तरमा निर्वाचन शिक्षा सञ्चालन गरिएको जनाइएको छ । ‘कक्षा १० मा निर्वाचन शिक्षा सम्बन्धि पाठ नै राखिएको छ,’ जिल्ला निर्वाचन अधिकारी मल्लले भन्नुभयो, ‘त्यसलाई थप सहयोग पु¥याउँन पनि कक्षा ९ र १० का बिद्यार्थीहरुलाई लक्षित गरेर उक्त कार्यक्रम गरिरहेका छौ ।’

 

यस बर्ष जिल्लाका १० ओटा बिभिन्न बिद्यालयहरुमा गरिने कार्यक्रम अनुरुप सोमबारसम्म सात ओटा बिद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिकामा रहेका बालकल्याण माध्यमिक बिद्यालय सिम्तारु र बिरेन्द्र माध्यमिक बिद्यालय, आठबिसकोट नगरपालिकामा रहेका शहिद स्मृति नमूना बिद्यालय र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गत्तासैनामा निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न भैसकेको छ ।

त्यसैगरी सानीभेरी गाउँपालिकाको राप्ती ज्ञानोदय माध्यमिक बिद्यालय सिम्ली र सानीभेरी माध्यमिक बिद्यालय बलिबाङ र मुसिकोट नगरपालिकामा रहेको पशुपति माध्यमिक बिद्यालय रातामाटामा पनि निर्वाचन शिक्षा दिईएको छ ।

बाँकि ३ ओटा कार्यक्रम चौरजहारी नगरपालिका र त्रिवेणी गाँउपालिकामा रहेका बिद्यालयमा सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी मल्लले बताउँनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार