कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा पुनः शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४५७४ मतमध्ये देउवाले २७२४ मत प्राप्त गरे ।

यस्तै डा. शेखर कोइरालाले १८१७ मत ल्याए । ३३ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार