कांग्रेस सहमहामन्त्री महिलातर्फ उपाध्याय विजयी

कांग्रेस सहमहामन्त्री महिलातर्फ उपाध्याय विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन्।

उनी २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्। पन्त शेखर कोइराला समूहकी हुन्।

बिहीबार दलित, महिला र आदिवासी-जनजातिको मतगणना भइरहेको छ। कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ।

बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार