सिद्धार्थ कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

सिद्धार्थ कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

मुसिकोट । रुकुम (पश्चिम) को मुसीकोट नगरपालिकाको सिदार्थ कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मुसिकोट नगरपालिकाको वडा नम्बर ११ भलाक्चामा रहेको सिद्धार्थ कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यतामा र जिल्ला सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काको बिशेष आतिथ्यतामा सम्पन्न साधारण सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत नरहरी तिवारी, कार्यपालिका सदस्य धिरन सिर्पाली, पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटा, जनप्रतिनीधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

सभामा संस्थाले एक बर्षमा सम्पन्न गरेका कामकाजको समिक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत र आगामी बर्षका लागि कार्ययोजना समेत तयार गरेको छ । संस्थाका अध्यक्ष रिमा खड्काको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभामा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार