प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा बिमल शर्मा चयन

प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा बिमल शर्मा चयन

मुसिकोट । निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुकुम पश्चिमको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार मुसिकोटमा सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

जिल्ला स्थित सम्पूर्ण निजि विद्यालयका सञ्चालकहरुको भेलाले बिमल शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्षमा हरिभक्त भण्डारी, सचिबमा डिल बहादुर नाथ, कोषाध्यक्षमा धर्मभक्त मल्ल चयन हुनुभएको छ । यस्तै सदस्यमा खड्क बहादुर पुन, हिम बहादुर केसी र लक्ष्मी पुनलाई चयन गरिएको छ ।

शनिबार मुसिकोटमा प्याव्सनका कर्णाली प्रदेश उपाध्यक्ष खड्कबहादुर कुँवर, मुसीकोट नगरपालिका सामाजिक विकास समिति संयोजक शुशिल गौतम र शिक्षा अधिकृत विनाराम खड्काले उद्घाटन गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार