रुकुम पश्चिमको सतिपोलेमा नाइट भिजन हेलिप्याड निर्माण

रुकुम पश्चिमको सतिपोलेमा नाइट भिजन हेलिप्याड निर्माण

मुसिकोट । रुकुम पश्चिममा पहिलो पटक नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको प्राविधिक सहयोगमा वडा नम्बर ६ सतिपोलेमा आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ ।

जटिल अवस्थाका बिरामी र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । “अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने भयो”, पुनले भन्नुभयो ।

उक्त हेलिप्याड १२ लाख बजेट खर्चेर निर्माण गरिएको हो । जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन ।

जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि राति हुने विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार गर्न सहज हुनेछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार