कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार केसी

कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार केसी

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार केसी नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयमा कार्यरत सहसचिव केसी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त हुनुभएको हो ।

नेपाल सरकारको बहुमत शेयर रहेको यस बैंकको अध्यक्षमा नियुक्त हुनुभएका केसीले सोमबार एक समारोहका बीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । केसी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत हुनुहुन्छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु क्रमशः डा निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक लिका सञ्चालक समिति सदस्य संजिव पौडेल, डा. इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।

केसीले नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरिसक्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार