सिभिल बैंक मुसिकोट द्वारा छात्रवृति प्रदान

सिभिल बैंक मुसिकोट द्वारा छात्रवृति प्रदान

मुसिकोट । सिभिल बैंक दश वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ । बैंकको वार्षिकोत्सवको अवसरमा मुसिकोट शाखाले मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको जनजागृती माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत धनमाया विकलाई छात्रवृत्ति प्रदान गरेको छ ।

छात्रवृत्ति स्वरुप पाँच हजार बराबरको चेक शाखा प्रबन्धक नारायण पाण्डेले छात्रा धनमाया विकलाई शुक्रबार विद्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गर्नुभएको छ ।

यस बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने शाखा प्रबन्धक पाण्डे जानकारी दिनुभयो ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार