माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि हुँदै

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ ।  शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने अहिले बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ ।

सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ । शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो ।  महाधिवेशनको उद्घाटन आज हुँदै छ । महाधिवेशनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ । महाधिवेशन उद्घाटन अपराह्न ३ बजे हुनेछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार