राहत वितरण गर्दा तीन जनामात्र उपस्थित हुन पाइने

राहत वितरण गर्दा तीन जनामात्र उपस्थित हुन पाइने

चैत ३० दाङ
जिल्ला प्रशासन कार्यालय दाङ ले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ । ‘लकडाउन’ को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड देखिएको भन्दै प्रशासनले तीन जना मात्र उपस्थित हुने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र उपस्थिति रहनेगरी राहत सामग्री तथा सहयोग वितरण गर्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दस वटै स्थानीयतहरुलाई अनुरोध गरेको छ ।

दैनिक ज्यालादारी काम गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्दा सामाजिक दूरी समेत कायम गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार