नेपाल निजामती कर्मचारी संगठन रुकुम पूर्वको अध्यक्षमा हर्कबहादुर शाही चयन

नेपाल निजामती कर्मचारी संगठन रुकुम पूर्वको अध्यक्षमा हर्कबहादुर शाही चयन

रुकुमकोट । नेपाल निजामती कर्मचारी संगठन रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

शुक्रबार रुकुम पूर्वको रुकुमकोटमा भएको संगठनको दोस्रो जिल्ला अधिवेशनबाट हर्कबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति चयन गरिएको हो ।

संगठनको उपाध्यक्षमा दलबहादुर खडका र सम्जी घर्ती मगर, सचिव सुमन न्यौपाने, सह-सचिव कमल पौडेल र कोषाध्यक्षमा जयराम खडका चयन हुनुभएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन रुकुम पूर्वका अनुसार केन्द्रिय प्रतिनिधिमा पुर्ण बहादुर बिष्ट, सुनिता खडका र दीपक बिकलाई सर्वसम्मत चयन गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार