राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेसले क-कसलाई बनायो उम्मेदवार ?

राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेसले क-कसलाई बनायो उम्मेदवार ?

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार तय गरेको हो।

कांग्रेसले प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरूङ र सुदूरपश्चिम नारायण दत्त मिश्र उम्मेदवार बनेका छन्।

उम्मेदवारमध्ये दुई जना सत्तापनइतर पक्षका छन्। कमला पन्त र नारायण दत्त मिश्र भने शेखर कोइराला पक्षका हुन्। यही माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार