शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगन

शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगन

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगन गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरूको सूचना नं. ४१८/०७८/०७९ अन्तर्गतको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचनाहरू र सूचना न. ४१९/ ०७८/०७९ अन्तर्गतका न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुल्ला तथा समावेशी समूहका सबै विज्ञापनहरू दरखास्त लिने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।

लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिहरुको योग्यता क्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग गर्दै दायर रिटमा पुस उच्च अदालत पाटनले १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्न भनेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार