बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज

एजेन्सी– कोरोना भाइरसबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन बुधबार डिस्चार्ज भएको रोयटर्सले जनाएको छ।

उनका प्रवक्ताले भनेका छन्, ‘स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।’

कोरोनाबाट संक्रमित भएका जोन्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरेर आईसीयुमा राखिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार