डिग्रे शाईकुमारी सहकारीको अध्यक्षमा बेदराज सर्वसम्मत चयन

डिग्रे शाईकुमारी सहकारीको अध्यक्षमा बेदराज सर्वसम्मत चयन

अध्यक्ष वेदप्रसाद शर्मा

मुसीकोट रुकुम पश्चिमको सबै भन्दा पुरानो डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । सोमबार खलङ्गामा भएको सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा पुनः बेदराज शर्मा पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाका प्रबन्धक यज्ञबहादुर बिष्टका अनुसार उपाध्यक्षमा मनिषा रोकाय भण्डारी‚ सचिवमा ज्ञानु गौतम र कोषाध्यक्षमा मोहवीर खड्का सर्वसम्मत चयन हुनुभएको हो । सदस्यहरूमा यज्ञबहादुर केसी‚  गोकर्ण  खड्का र नवराज पाण्डे चयन हुनुभएको प्रबन्धक बिष्टले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको लेखा समितिको संयोजकमा प्रेम खड्का सदस्यमा लक्ष्मण शर्मा र लालबहादुर केसी चयन हुनुभएको छ । संस्थाले उत्कृष्ट कर्मचारीलाई सम्मानका साथै बढुवा र उत्कृष्ट बचतकर्ता‚ व्यवसाय गर्ने व्यवसायीहरूलाई सम्मान गरेको छ ।

त्यस्तै  साधारण सभामा आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार