क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई ल्यापटप वितरण

क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई ल्यापटप वितरण

मुसीकाेट । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत मुसिकाेट खलंगा बहुमुखी क्याम्पस रूकुम पश्चिमले आफ्ना प्राध्यापक एवम् कर्मचारीहरूलाई ल्यापटप वितरण गरेकाे छ ।
क्याम्पसकाे पढाइ तथा कर्मचारीकाे कार्यसम्पादन गर्न सजिलाे हाेस् भनेर ल्यापटप वितरण गरिएकाे क्याम्पस प्रमुख बुद्धिप्रसाद गाैतमले जानकारी दिनुभयाे । उहाँले पहिलाे चरणमा १२ वटा ल्यापटप वितरण गरिएकाे जानकारी दिदै आगामी दिनमा थप वितरण गरिने बताउनुभयाे । क्याम्पसलाई प्रविधिमैत्री बनाउन आफूहरूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । क्याम्पसले आफ्नै लगानीमा ११ लाख ४० हजार बराबरको रकमबाट १२ वटा ल्यापटप र २ वटा प्रोजेक्टर खरिद गरेकाे हाे ।
बुधबार मुसिकाेटमा एक औपचारिक कार्यक्रममा नगर प्रमुख देविलाल गौतमले उपप्राध्यापकहरु र कर्मचारीलाई हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मुसिकाेट नगरपालिकाका मेयर देवीलाल गाैतमले गुणस्तरीय शिक्षाका लागि प्रविधिको उच्चतम प्रयाेग गर्नुपर्ने बताउनुभयाे । उहाँले क्याम्पसलाई आवश्यक सहयाेग गर्न प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रमकाे सञ्चालन क्याम्पसका उपप्राध्यापक  हरिबिष्णु वलीले गर्नुभएकाे थियाे ।

कार्यक्रममा आइटी विज्ञ तथा क्याम्पसका उपप्राध्यापक डम्बर खड्काले आइटी र शिक्षाकाे सम्बन्धकाे विषयमा प्रकाश पार्नुभएकाे थियाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार