गण्डकी प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

गण्डकी प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको यही माघ ९ गतेदेखि माघ मसान्त सम्म हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो।

संक्रमण घटेसँगै स्थगित लिखित परीक्षाहरू कम्तीमा सात दिनको सूचना दिई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। लिखित परीक्षाबाहेकका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने आयोगले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार