एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।

यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार