चौरजहारीमा सय शैयाको अस्पताल बन्ने

चौरजहारीमा सय शैयाको अस्पताल बन्ने

मुसीकोट । रुकुम पश्चिमको चौरजहारीमा एक सय शैयाको अस्पताल बन्ने भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ३ मा अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको काम भइसकेको चौरजहारी नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा प्राप्त योजना मध्य चौरजहारीमा अस्पताल निर्माणको योजना परेकोले त्यसको कार्यान्वयनको लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको हो ।

शनिबार मात्र नगर प्रमुख विशाल शर्माको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणको लागि प्रस्तावित ३५ रोपनी नम्बरी र २५ रोपनी ऐलानी जग्गाको निरीक्षण तथा नापजाँच गरिसकेको जनाएको छ ।

नगरपालिकाले अस्पतालको सम्पूर्ण पूर्वाधार निर्माणका लागि प्रस्ताव तयार गरेर सिफारिस गर्ने जनाएको छ । जग्गा प्राप्तिको काम पुरा भएकोले अस्पतालको पूर्वाधार निर्माणको काम यथाशक्य अगाडि बढाउन संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र सहरी विकास तथा भवन निर्माण विभागमा अनुरोध गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार