विद्यालयमा थारू भाषामा पठनपाठन गर्न माग

विद्यालयमा थारू भाषामा पठनपाठन गर्न माग

 

दाङ तुलसीपुरका थारू अगुवाहरूले विद्यालयमा थारू भाषामा पठन पाठन गर्न माग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १४ र १५ का अगुवाहरुको भेलाले विद्यालयमा थारू भाषा पठनपाठनको माग गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १४ स्थित किसान प्रावि मटेरा, तुलसीपुर १५ को कोठरी आधारभूत विद्यालय र सोही वडाको बालचेतना आधारभूत विद्यालयमा थारू भाषाको कक्षा सञ्चालन गर्न माग गरेका हुन् ।“हामीले अहिले जसरी पढाई भइरहेको छ, त्यसमा बहुभाषिक कक्षा पढाईका लागि माग गरेका छौं”, स्थानीय थारु अगुवा कुलबहादुर चौधरीले भने“ हामीले ति विद्यालयमा थारू भाषामा पठनपाठनको माग गरेका हौं ।”

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला भएको भन्दै थारू भाषामा पठनपाठन गराउनु पर्ने उनको भनाई थियो । थारू समुदायमा हुर्किएको बच्चाले अरु भाषामा पढाउँदा बुझ्न सक्ने अवस्था न्यून रहने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने समेत उनको भनाई थियो ।

त्यस्तै थारू अगुवाहरूको भेलाले तुलसीपुर १५ मा वडा स्तरीय थारू कल्याणकारिणी सभा उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि रोहित कुमार चौधरीको अध्यक्षतामा भेला आयोजक कमिटी गठन गरेको छ । जसको सचिबमा गणेश चौधरी, कोषाध्यक्षमा भगवती चौधरी र सदस्यमा किरण चौधरीलाई चयन गरिएको छ ।

त्यस्तै सल्लाहकारमा कुलबहादुर चौधरी, रामबहादुर दहित, भिम चौधरी, परशु नारायण चौधरी, लक्ष्मण चौधरीलाई चयन गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार