आठविसकोटमा बिजुलीको तार तान्ने क्रममा एक जना घाईते

आठविसकोटमा बिजुलीको तार तान्ने क्रममा एक जना घाईते

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोटमा बिजुलीको तार तान्ने क्रममा एक जना घाईते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्वर ३ का २२ बर्षका सामुहिल बुढा बिजुलीको तार तान्ने क्रममा घाईते भएको स्थानीय घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

सोमबार बिहान ९ बजेतिर बिद्युलीको तार तान्नलाई पोलमा चढेका बुढाले टेकेको सिढी चिप्लिएपछि लड्नुभएको थियो । बुढाको टाउको र अनुहारमा चोट लागेको भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार सोमबार नगरपालिकाको वडा नम्वर ५ स्थित नयाँ डाँडामा बिद्युत तार तान्ने क्रममा बुढा घाईते भएका हुन् । नगरपालिकाको खदिगाउँबाट गोतमकोट बिद्युत लाई बिस्तारको काम भईरहेको छ ।

घाईते बुढाको अहिले नगर अस्पताल आठबिसकोटमा उपचार भैईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार