शिक्षक अस्पताल चितवनको भरतपुरमा बन्ने

शिक्षक अस्पताल चितवनको भरतपुरमा बन्ने

सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको क्याबिनेट बैठकले चितवनको भरतपुर महानगरपालिका १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । २१ बिगाहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार