भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द

भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । शुक्रबारको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि बन्द भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुँवा आएको थियो ।

टावरको तार चुडिएको र रन्वेको पीएपीआइ लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको हो ।

लाइट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट भोलि शनिबार दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।विमानस्थल बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार