धारा बनेको पाँच बर्षसम्म खानेपानी पानी आएन

धारा बनेको पाँच बर्षसम्म खानेपानी पानी आएन

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ५ थापागाउँमा खानेपानीको चरम अभाव भएको छ । पानी ल्याउनका लागि नयाँ धाराहरु बनेको करिब ५ बर्ष बितिसक्दा पनि धारोमा पानी आएको छैन ।

यस क्षेत्रमा करिव ९० घर धुरी रहेको उक्त गाउँमा पुरानो ३ वटा धारा भएपनि त्यो धाराको पानी अपुग भएको छ । पुरानो धाराको पानी अपुग भएको बर्षौ हुँदा समेत नयाँ धारामा पानी आउँदैन ।

सरोकारवाला निकायको ध्यान यसतर्फ नपुग्दा स्थानीयवासी भने कुवा र खोलाको पानी खान बाध्य भएका छन ।

बर्षा र हिमपातको समयमा गाउँलेहरुको आफ्नो ज्यान जोखिममा राखेर मानिसका लागि र जनावरको लागी खानेपानी घर सम्म पुर्याउन खोला र कुवा जानुपर्ने बाध्यता रहेको छ।

यस्तै गाउँमा खानेपानीको चरम अभाव हुदाँ स्थानीय सरकारले वास्ता नगरेको स्थानीयहरुको गुनासो रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार