रुकुममा बिहे भोज खान गएका एक पुरुष मृत अवस्थामा फेला

रुकुममा बिहे भोज खान गएका एक पुरुष मृत अवस्थामा फेला

सांकेतिक तस्बिर

मुसीकोट । रुकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

आज बिहान साढे ७ बजेतिर बटाला बिहे घरको पछाडि पट्टि मृत अवस्थामा फेला पर्नुभएको हो । स्थानीय कमल परियारको बिहे भोज खान गएका बटाला बिहे घरको पछाडिपट्टि त्रिपालमा एक्लै सुतेका थिए ।

बिहान आफन्तले उठाउन खोज्दा नउठेपछि मृत अवस्थामा रहेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका थिए । यस बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार