रुकुममा घाईते लोपोन्मुख खैरो गिद्धको उद्धारपछि उपचार

रुकुममा घाईते लोपोन्मुख खैरो गिद्धको उद्धारपछि उपचार

मुसिकोट । डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार गरेर उपचार गरिरहेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको वडा नम्वर १ मा घाईते अवस्थामा फेला परेको खैरो गिद्धलाई शुक्रबार उद्धार गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो ।

उद्धार पश्चात घाईते गिद्धको उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशंका गरिएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाईते गिद्धलाई वन कार्यालयको वन्यजन्तु उद्दार केन्द्रमा राखिएको छ । गिद्ध स्वस्थ भएपछि गिद्धको बासस्थनमै छोडिने बताईएको छ ।

घाईते गिद्धको उपचार गरिदै

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार