बाँफिकोटमा किसान सूचिकरणका लागि गणकहरुलाई तालिम

बाँफिकोटमा किसान सूचिकरणका लागि गणकहरुलाई तालिम

मुसिकोट । जिल्लाको बाँफिकोट गाउँपालिकामा दुई दिने किसान सुचिकरण सहजकर्ता (गणक) तालिम सम्पन्न भएको छ । आईतबार र सोमबार चलेको तालिममा किसान सूचिकरणको लागि गाउँपालिकाले छनौट गरेका २२ जना गणकहरुलाई तालिम दिईएको छ ।

तालिममा सहभागी सहजकर्ताहरुले भोलि (मंगलबार) देखि नै किसान सूचिकरणको काम सुरु गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीले बताउनुभयो । गणकहरुले प्रत्येक किसानको घरमा पुगेर वास्तविक तथ्यांक ल्याउने समेत उहाँले जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षमा भएको तालिममा कृषि विकास कार्यालयका प्राविधिक सहायक महेश कुमार बिष्टले सहजिकरण गर्नुभएको थियो ।

दुई दिन सम्म गाउँपालिकामा चलेको किसान सुचिकरण सहजकर्ता (गणक) तालिममा सहभागी सहजकर्ताहरुलाई तथ्यांक संकलनबारे सिकाईएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार