कायममुकायम प्रधानन्यायाधीशमा दीपककुमार कार्की

कायममुकायम प्रधानन्यायाधीशमा दीपककुमार कार्की

काठमाडौँ । प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट स्वतः निलम्बित भएका छन्।  संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुखमाथि महाअभियोग दर्ता हुनेवित्तिकै उनी स्वतः निलम्बन हुने प्रावधान रहेको छ।

प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएका छन्।  सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेको महाअभियोग आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियोग दर्ता भएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार