बिर्मा सार्कीलाई एक लाख राशीको उत्कृष्ट उद्यमी सम्मान

बिर्मा सार्कीलाई एक लाख राशीको उत्कृष्ट उद्यमी सम्मान

मुसीकोट रुकुम पश्चिममा एक जना उद्यमीलाई एक लाख राशीको उत्कृष्ट उद्यमी सम्मान प्रदान गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ बागबजारमा विगत लामो समयदेखि हितांगि छाला जुत्ता उद्योग सञ्चालन गर्दै आउनुभएकी बिर्मा सार्कीलाई उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले उत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेको हो ।

आइतबार एक कार्यक्रमका बिच मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले हितांगि छाला जुत्ता उद्योगकी सञ्चालक बिर्मा सार्कीलाई नगद एक लाख प्रदान गरि दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

उपभोक्ताहरूलाई सचेत गराई उनीहरूको संरक्षण र सम्बन्धन गर्ने उद्देश्यले आर्थिक बर्ष ०७८/०७९ को बार्षिक कार्यक्रम अन्तरगत बर्षभरीकै उत्कृष्ट उद्यमीका रुपमा हितांगि छाला जुत्ता उद्योगलाई छनोट गरि सम्मान गरिएको कार्यालयले जनाएको छ ।

उत्कृष्ट उद्यमी सम्मानका लागि ५ वटा आवेदन प्राप्त भएपनि छनोट समितिले सबै सूचकहरुलाई आधार बनाएर हितांगि छाला जुत्ता उद्योगलाई उत्कृष्ट उद्यमीका रुपमा छनोट गरेको हो ।

नगर प्रमुख देवीलाल गौतमको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा प्रदेश लेखा इकाई कार्यालय प्रमुख यम बहादुर पुन, रुकुम उद्योग वाणिज्य संघका संयोजक पहल बहादुर खड्का, जिल्ला प्रशासन कार्यालयका खरिदार देब बहादुर ओली, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिभिन्न उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी धरणीधर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह लेखापाल मुकुन्द केसीले गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार