कोलटाकुरामा नेपाली काँग्रेसको टोलसमिति गठन

कोलटाकुरामा नेपाली काँग्रेसको टोलसमिति गठन

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिम मुसिकोट नगर कार्यसमितिले नियमित जनभेटघाट अभियान अन्तर्गत आज नगरपालिकाको वडा नम्वर ५ कोलटाकुरामा कार्यक्रम सम्पन्न गरेको छ ।

काँग्रेसले पछिल्लो समय नगरपालिका अन्तरगतका सबै वडाहरुमा टोलसमिति गठन, पार्टी निकट भातृ संघ गठन तथा पुनर्गठन कार्यलाई तिब्रता दिएको छ ।

जसअन्तरगत सोमबार नेपाली काँग्रेस मुसिकोट नगरपालिकाको वडा नम्वर ५ मा पार्टीको टोल समिति गठन गरिएको छ । कोलटाकुरामा भएको एक भेलाले लक्ष्मण अधिकारीको सभापतित्वमा २६ सदस्यीय टोल समिति गठन गरिएको नेपाली काँग्रेस मुसिकोट नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।

वडा सभापति सन्तोष मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेका महाधिबेशन प्रतिनिधि यज्ञ परियार, नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, नगर उप-सभापति लक्ष्मण शर्मा, नेताहरु समिरजङ मल्ल, यज्ञबहादुर केसी लगायतको उपस्थिति रहेको बताईएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार