जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन

जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन

काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ १ गतेदेखि पढाइ सुरु गर्ने निर्णय भएको छ ।

कोरोनाको तेस्रो लहरले बन्द रहेका शैक्षिक संस्थामा फागुन १ गतेदेखि भौतिकरुपमा पठनपाठन सुरु भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार