राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रदेश सभामुखसँग भर्चुअल छलफल गर्दै

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रदेश सभामुखसँग भर्चुअल छलफल गर्दै

वैशाख ३ काठमाडौं

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज सात वटै प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्दैहुनुहुन्छ ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस कोभिड(१९ को जोखीम न्युनीकरण गर्न सरकारले लिएको नीतिका सन्दर्भमा प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्न लागेको संसद सचिवालयलेल जनाएको छ । छलफल दिउँसो १ बजेलाई तय गरिएको छ ।

कोरोनाविरुद्ध सरकारले चालेको कदममा कसरी सहयोग पुर्‍याउन सकिन्छ स्थानीय तह र प्रदेशमा के कस्ता समस्या छन् भन्ने लगायतका विषयमा राष्ट्रियसभाका अध्यक्षले प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्ने तय भएको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार