प्रधानाध्यापक दिपेन्द्र कुमार ओलीको बिदाई

प्रधानाध्यापक दिपेन्द्र कुमार ओलीको बिदाई

 मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार ओलीको बिदाई गरिएको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रधानाध्यापक ओलीको बिदाई गरिएको हो । विद्यालयका तर्फबाट बिदाई हुने प्रधानाध्यापक ओलीलाई अबिर फुलमाला र दोसल्ला ओढाई सम्मान पत्र सहित बिदाई गरिएको थियो ।

बिदाई समारोहमा बोल्दै प्रधानाध्यापक ओलीले आफूले विद्यालय छोड्दै गर्दा विद्यालयमा जेहनदार विद्यार्थीहरूको लागि ५३ हजार राशीको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानाध्यापक ओली असोजमा सम्पन्न भएको नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाको पहिलो अधिबेशनबाट पार्टी सभापतिमा चयन भएपछि राजीनामा दिनुभएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष मन बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहन ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर ओली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक , अभिभावक , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार