६ महिनादेखि अबरुद्ध बाटो तरुणदलको पहलमा निर्माण

६ महिनादेखि अबरुद्ध बाटो तरुणदलको पहलमा निर्माण

मुसिकोट । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्माको तलिगाउँदेखि बाँकिखोलासम्मको बाटो निर्माण गरिएको छ । गत भदौ महिनामा पहिरो गई अवरुद्ध भएको बाटो तरुण दलले निर्माण गरेको हो ।

बाटो अवरुद्ध हुदाँ स्थानीयलाई दैनिक आवातजावतमा निकै समस्या भएको थियो । बाटो निर्माण भएपछि सहज भएको स्थानीयको भनाई छ ।

तरुण दल बाँफिकोटका कोषाध्यक्ष जनक कुसारीको नेतृत्वमा करिब ३ सय मिटर बाटो निर्माण गरिएको तरुण दल बाफिकोट ६ का सभापति कमल कुसारी जानकारी दिनुभयो ।

स्थानीयले बाटो निर्माण गर्न सम्बन्धित निकायसँग पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि तरुण दलले बाटो निर्माण गरिदिएको अध्यक्ष कुसारीले जानकारी दिनुभयो । बाटो निमार्ण भएपछि बाँफिकोट ६ र ८ मा आवातजावातमा सजिलो भएको स्थानीय नवीन परियारले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार