एमाले त्रिवेणि गाउँ कमिटिको कार्यालय उद्घाटन

एमाले त्रिवेणि गाउँ कमिटिको कार्यालय उद्घाटन

मसीकोट । नेकपा एमाले त्रिवेणि गाउँकमिटिको पार्टि कार्यालय उद्घाटन गरिएको छ । शनिबार त्रिबेणी गाउँपालिकाको वडा नम्बर २ सिम्रुतुमा एक कार्यक्रमका बिच एमालेका जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटाले पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो ।

त्रिवेणि गाउँ कमिटि अध्यक्ष डिल्ली ओलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुक्ति समाजका केन्द्रीय गणेश सुनार, पार्टी जिल्ला कमिटि सदस्य भिम ओली, विरेन्द्र मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँकमिटि सचिव खडक पुनले गर्नुभएको मुक्ति समाजका केन्द्रीय गणेश सुनारले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार