रुकुम पश्चिम कारागारका ४ जना कैदी रिहा

रुकुम पश्चिम कारागारका ४ जना कैदी रिहा

मुुसीकोट । प्रजातन्त्र दिवसको  अवसरमा  रुकुम पश्चिम कारागारबाट ४ जना कैदी रिहा भएका छन । जिल्ला कारागार रुकुम पश्चिममा विभिन्न घटनामा सजाय पाएर जेल जिवन विताइरहेका ४ जना कैदीबन्दीलाई आममाफि दिई शनिबार रिहा गरिएको हो ।

सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीवन्दीको सजाय मिनाहा गर्ने गरेको छ ।

सजाय मिनाहा पाउनेहरुमा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ का एक पुरुष, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का एक पुरुष, रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर २ का एक पुरुष र मुसिकोट नगरपालिका वडा नम्बर ११ का एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो।

आममाफी पाउनेहरुमामा चोरी, ज्यान मार्ने उद्योग, आगलागी मुद्दामा कैद भुक्तान गरिरहेकाहरु कैदी बन्दीहरूलाई संविधान दिवसको अवसरमा रिहा गरिएको हो ।

जिल्ला कारागार रुकुम पश्चिममा अहिले १ सय २५ जना कैदीबन्दी रहेका छन् । कारागारको क्षमता २५ जनाको मात्र हो ।

रुकुम पूर्वमा कारागार नभएकाले पूर्वका कैदीबन्दीहरु पनि रुकुम पश्चिमकै कारागारमा राख्ने गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार