एण्टिबडी जाँच गर्दा गोरखाका एक युवामा कोरोना पोजेटिभ

एण्टिबडी जाँच गर्दा गोरखाका एक युवामा कोरोना पोजेटिभ

बैशाख ३ काठमाडौ

द्रूत परीक्षण प्रविधिमा गोरखा आरुघाटका एकजनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत् एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका- ५ का एक जनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।

मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्ये २० जनाको आरडिटी प्रविधिमार्फत् एण्टिबडी जाँच गरिएको थियो ।

‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो,’ गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ । अब दुई दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।’ उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका अध्यक्ष दाहालले जानकारी दिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार