थपिए ४७६ कोरोना संक्रमित, तीनजनाको मृत्यु

थपिए ४७६ कोरोना संक्रमित, तीनजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४७६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

९ हजार ४२४ वटा नमुनामा परीक्षण गर्दा ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७४७ पुगेको छ ।

आज ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार