रुकुम पूर्वमा टिप्पर पल्टिँदा दुईको मृत्यु

रुकुम पूर्वमा टिप्पर पल्टिँदा दुईको मृत्यु

 

रुकुमकोट । रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ४ मा टिप्पर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिप्पर पल्टिँदा सडकमा काम गरिरहेका दुई जना मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाका अनुसार मृत्यु हुनेमा रुकुम (पूर्व)  को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका वडा नम्बर ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन ।

घाईत अवस्थामा भेटिएका दुबै जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

यस्तै प्रहरीका अनुसार दुई जना घाईत भएका छन । घाईत हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखा घर भएका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षका रामआशिस चौधरी रहेको प्रहरी निरीक्षक बाँनीयाले जानकारी दिनुभयो ।

घाईते दुई जना मध्ये घिमिरेको अवस्था नाजुक रहेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो । दुवै जनाको अहिले रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको छ ।

लामा कन्स्ट्रक्सनले धाउने–बालुवा–देउखोला सडकखण्डमा काम गरिरहेको छ । टिप्परले झिङ्गेटारमा लोड गरिएको ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको थियो ।

टिप्पर चालक दोलखाका घर भएका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार