प्रदेश ५ ले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने

प्रदेश ५ ले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने

बैशाख ३ बुटवल
प्रदेश ५ ले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ । प्रदेश मन्त्रीपरिषदको आज बसेको वैठकले स्थानीय तह र जिल्ला समन्व समितिलाई गरी  १३ करोड ६० लाख अनुदान दिने निर्णय गरेको हो ।
प्रदेश मन्त्रीपरिषद कार्यालयनका अनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख, नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैंया अनुदान दिइने छ । त्यसैगरी सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैंया र प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिइने प्रदेश मन्त्रीपरिषद कार्यालयले जनाएको छ । प्रदेशभित्रका ७३ गाउँपालिकाले रु. १० लाख दरले अनुदान प्राप्त गर्नेछन् ।
त्यस्तै १२ वटा जिल्ला समन्वय समितिलाई रु. ५ लाखका दरले ६० लाख दिइने छ । जिल्ला समन्वय समितिले गर्ने अनुगमनको कामलाई प्रभावकारी बनाउने र अनुगमन तथा वैठकमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी ५ कोरोना विशेष अनुदानको खर्च सामाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधि अनुसार गर्नुपर्ने प्रदेश मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार