नरैनापुरमा १५ लाख रकम कोरोना राहात कोषमा

नरैनापुरमा १५ लाख रकम कोरोना राहात कोषमा

बैशाख ४ नरैनापुर
नरैनापुर गाउँपालिका कार्यालय बाँकेले कोरोना भाइरस कोभिड १९ को तयारीका लागि १५ लाखको कोरोना रोग रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरेको छ ।
कोरोनाको महामारीमा आपतकालित राहात वितरण र स्वास्थ्य सेवाका लागि उक्त कोष स्थापना भएको गाउँपालिकाका कार्यकारी अधिकृत मनिराम खरालले जानकारी दिनुभएको छ ।

कोषमा आपतकालिन रुपमा अहिले १५ लाख रकम विनियोजन गरिएको हो । यस्तै उक्त कोषमा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले २५ हजार र अन्यबाट १० हजार नगद जम्मा भएको खरालले बताउनु भएको छ ।

कोषमा जम्मा भएको रकमबाट पहिलो चरणमा गरिव, विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नरैनापुरका ६ वडाका ७२० जनालाई उक्त कोषबाट खाद्यन्न उपलब्ध गराएको हो । यस्तै दोस्रो चरणमा पाँच सय जनालाई खाद्यन्न राहात उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका अध्यक्ष शाहले बताउनु भयो ।

यस्तै स्थानीय व्यापारी, उद्योगी, संघसस्था, कार्यालयष्, कर्मचारीलाई समेत कोषमा रकम जम्मा गर्न आग्रह गरिने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार