क्वारेन्टाईन बसेका राप्तीसोनारीका २६ जना घर फिर्ता

क्वारेन्टाईन बसेका राप्तीसोनारीका २६ जना घर फिर्ता

खड्क खत्री
बैशाख ३ बाँके
कोरोना भाइरसको आशंकामा राप्तीसोनारी गाउँपालिका अगैया बाँके अन्र्तगत ५ वटा क्वारेन्टाईनमा राखिएका २६ जनाको स्वास्थ्य रिर्पोट नेगेटिभ आएपछि घर फिर्ता पठाइएको छ । अब यी सबै क्वारेन्टाईन खालि भएका छन ।

कोरोना भाईरस ( कोभिड १९ ) को लकडाउनको समयमा भारत, विदेश र विभिन्न जिलाबाट आएका र क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य रिर्पोट नेगेटिभ आएपछि गाउँपालिकाले घर फिर्ता गराएको थियो ।

राप्तीसोनारीको श्रीनेरा मावि राप्तीसोनारी ७ स्थित क्वारेन्टाईनबाट ९ जना, वडा नम्बर ८ समशेरगन्जस्थित शिवशक्ति माविका २ जना र वडा नम्बर ३ स्थित सामुदायिक आश्रय भवनको क्वारेन्टाईनमा बसेका १५ जनाको घर फिर्तासंगै यहाँका ५ वटै क्वारेन्टाईन खाली भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनु भयो । बुधबारबाट गाउँपालिकाका कुनै पनि क्वारेन्टाईनमा विदेश र बाहिरबाट आएका शंकास्पद व्यक्ति नरहेको जानकारी दिनुभएको छ । यसअघि दाङ्गबाट आएका भारतीय २५ जनाको टिमलाई एक दिनमात्र क्वारेन्टाईमा राखेर पठाएको थियो ।

५ वटा क्वारेटाईनमा शंकास्पद व्यक्ति नभएपनि तयारी र सर्तकता कायमै रहेको कार्यकारी अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभएको छ । कोराना भाईरसबाट बच्न र तयारीका लागि सबै तयारी रहेको उहाँले भन्नुभयो । स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, नेपाल प्र्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना यो क्षेत्रमा सजग र तयारीमा रहेको गाउँपालिकाको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार