रुकुम पश्चिममा कोरोना संक्रमण आशंकित व्यक्तिमा कोरोनाको लक्षण छैन

रुकुम पश्चिममा कोरोना संक्रमण आशंकित व्यक्तिमा कोरोनाको लक्षण छैन

लक्ष्मण केसी
रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना व्यक्तिमा कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।

चैत १० गते भारत बाट गाउँ फर्किएका बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ का यी व्यक्तिको  बुधबार पीसीआर (पोलिमरेज चेन रियाक्सन)  परीक्षणमा नतिजा शंकास्पद देखिएपनि उनीहरुमा कुनै लक्षण देखिएको छैन । शंकास्पद दुबैजना पुरुष हुन ।

शंकास्पद रिपोर्ट देखिएका दुवैजना लाई बुधबार मुसिकोट नगरपालिकाको एम्बुलेन्सलेमा लिएर चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसन बेडमा  राखिएको छ ।

अस्पतालका प्रशासक डिलबहादुर गिरीले टेलिफोनमा उजेली न्यूज सँग भन्नु भयो दुबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उहाँले भन्नुभयो  हिजो साँझ देखि डाक्टरको प्रत्यक्ष निगरानी रहने गरि आइसोलेसनमा राखेका छौ सबै ठिक छ काठमाडौ पठाएको रिपोर्ट नआएसम्म केहि भन्न सकिएन ।  उनीहरुलाई कोरोना भाइरस संक्रमण पछि देखिने कुनै प्रकारका लक्षणहरु नदेखिएको प्रशासक गिरीले बताउनु भयो ।

बुधबार साँझ नै ती व्यक्तिको स्वाबको नमुना पुनः परीक्षणको लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको छ ।

यस्तै पीसीआर पोजिटिभ देखिका परिवारका सदस्य र उनीसँग सम्पर्कमा आएका केही व्यक्तिहरुको परीक्षणको लागि आज बाँफिकोट ६ र ७ नम्बर वडामा सुर्खेतको प्रयोगशाला बाट आएको एक टोलि त्यस तर्फ प्रस्थान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार