चैत १६ गते साँझ सम्पर्क विहीन भएका युवा मृत अवस्थामा फेला

चैत १६ गते साँझ सम्पर्क विहीन भएका युवा मृत अवस्थामा फेला

बैशाख ४ रुकुम पश्चिम
चैत १६ गते साँझ घरबाट ओलप्पेको डाँडा टावरमा जान्छु भनि हिडेका रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ पोखरा बस्ने  २४  वर्षीय रमेश खड्काको मृत अवस्थामा शब फेला परेको छ ।
बुधबार मुसीकोट नगरपालिका–१ खौलीको भीरमा अड्केको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उनको खोजीकार्यको लागि यस अघि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फोटो सहितको सुचना फेसबुकमा राखेको थियो ।

लामो समय सम्म घरमा नफर्किपछि रमेशको स्थानीय आफन्त र प्रहरीको सहयोगमा खोज्ने क्रममा मृत अवस्थामा शव भेटिएको हो । उनको शव गलिसकेको अवस्थामा भीरमा भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । उहाँका अनुसार के कारणले उनको मृत्यु भएको हो भन्ने अनुसन्धान भइरहेको छ ।

जंगलको गोरेटो बाटो भन्दा करिब ७ सय मिटर तल उनको शव भेटिएको थियो । हिँड्दा लडेको वा अन्य कुनै कारणले मृत्यु भएको भन्ने केही खुलेको छैन । मृत्यक रमेशले खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार