६९ जिल्लामा र्‍यापिड टेस्ट , १९ हजार ४ सय ३२ को परीक्षण

६९ जिल्लामा र्‍यापिड टेस्ट , १९ हजार ४ सय ३२ को परीक्षण

बैशाख ४ काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर कुल १९ हजार ४ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण भएको जनाएको छ। यसमा र्‍यापिड टेस्टबाट १२ हजार १ सय ९२ र पिसिआर विधिबाट ७ हजार २ सय ४० जनाको परीक्षण भएको हो।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित ब्रिफिङका क्रममा हालसम्म संक्रमितको संख्या १६ नै रहेको बताउनु भयो ।

उहाँका अनुसार अहिलेसम्म सबै संक्रमितको अबस्था सामान्य रहेको छ। ८ जिल्ला बाहेक देशभरिका ६९ जिल्लामा आरडीटी टेस्ट सुरु भइसकेको जानकारी दिए।

देशभर अहिलेसम्म ४ हजार ९सय १ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। यस्तै आइसोलेसनमा भने कुल १०३ जना रहेका छन् जसमा उपत्यका भित्र ८ जना र उपत्यका बाहिर ९५ जना छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार